१७ माघ २०८२, शनिबार | January 31, 2026

साल्ट ट्रेडिङले दसैँअघिबाटै तोरीको तेल उत्पादन गर्ने



काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ ।

दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४÷७५ मा रु नौ अर्ब ६८ करोड, आव २०७५÷७६ मा रु आठ अर्ब २५ करोड, आव २०७६÷७७ मा रु नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७÷७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उनको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधारगर्दै लगेको छ । कर्पोरेशनले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै रु। पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ४ : ३१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक