काठमाडौं । निर्वाचन आयोगले १२ वटा दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।
आयोगले संघीय संसद र प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो । निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल गर्न बुधबार मध्यान्न १२ बजे दलका प्रतिनिधिहरुलाई बोलाएको आयोगले जनाएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको आचारसंहितामा दूला राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । विषेशगरी प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नो क्षेत्रबाहेक अन्य स्थानको चुनाव प्रचारमा रोक लगाउने, सामाजिक संजालको अत्याधिक नियन्त्रण लगायतका विषयमा उनीहरुले असन्तुष्टि जनाएका हुन् । तर आयोगले भने दलहरु सत्तामा रहँदा र बाहिर रहँदा पनि आचारसंहितालाई समान ढंगले विश्लेषण गर्नुपर्ने र पालना गर्नुपर्ने जिकिर गर्दै आएको छ ।
आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो ।


















प्रतिक्रिया