२ पुस २०८२, बुधबार | December 18, 2025

आईओसीबाट ६ रुपैयाँ सस्तिएर आयो पेट्रोल, तर उपभोक्तालाई राहत दिने निगमको छैन योजना



काठमाडौं । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसाले घटाएर पठाएको छ । यससँगै निगमलाई पेट्रोलमा ८ रुपैयाँ नाफा बढ्ने भएको छ । आजैबाट लागु हुने गरी इन्धनको मूल्य समायोजन भएर आएको हो ।

डिजेलको मूल्य भने ४४ पैसा मात्र घटेर आएको छ । निमगलाई अझै पनि डिजेलमा ६ रुपैयाँ घाटा रहेको छ ।

यसैगरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा घटेको छ ।

निगमले नयाँ मूल्यसूची आएपनि उपभोक्तालाई राहत दिने गरी मूल्य घटाउने योजना भने नबनाउने भएको छ । नयाँ मूल्य समायोजनापछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले दाबी गरेको छ । भारतबाट पछिल्लो मूल्यसूचीसहित चार पटक इन्धनको मूल्य घटेर आएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ३ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल