१७ पुस २०८२, बिहिबार | January 1, 2026

९९८ जनालाई विभूषित गरिँदै, स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न सम्मान



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालालाई सरकारले मराणोपरान्त नेपाल रत्न पदक प्रदान गर्नेभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छिन् ।

यस्तै, नेकपा एमालेका नेता स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव पदक दिइने भएको छ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल जनसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाएका छन् ।

यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ ।

पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ३५ बजे

सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ