२८ पुस २०८२, सोमबार | January 12, 2026

सेती प्रादेशिक अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पतालमा लैजाऊ, जीवन रक्षा गर्न संघको माग



काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीले एक सातादेखि अनशनरत को स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ ।

गत सोमबार ( २७ भदौ) देखि अनशन बसेका डा. केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएकोृ हुनाले थप जटिलता हुन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणका लागि प्रादेशिक अस्पतालले सुदूरपश्चिम मानवअधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि यसअघि अनशन बस्दा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनको माग राखेर गत २७ भदौदेखि सेती प्रादेशिक अस्पतालमा २० औंपटक अनशन बसेका हुन् ।

अस्पतालले उनको स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै सम्बद्ध निकायलाई जानकारी गराएका बेला नेपाल नेपाल चिकित्सक संघले पनि डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

आइतबार विज्ञप्ति निकालेर संघले डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : १४ बजे

सुनचाँदीको मूल्य सर्वाधिक उचाइमा, बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति

विध्वंस, अराजकता र आतंकका अगाडि झुक्नु कायरता हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई

आज पनि बिहानैदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष

कपिलवस्तुको वाणगंगाबाट पाँच जुवाडेसहित होटल सञ्चालक पक्राउ, २ लाख ५६ हजार नगद बरामद

बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना