२८ पुस २०८२, सोमबार | January 12, 2026

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका-९ अमिलिया चोकबाट ६ केजी ३६० ग्राम चरेससहित घोराही उपमहानगरपालिका-१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी दाङकै गढवा गाउँपालिका-१ कालाकाटेबाट करिब १४४ ग्राम खैरो हेरोइनसहित कपिलवस्तु ओदारी गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-१३ तेलिबारी फुलबासा चोकबाट १२ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ४३ वर्षीया भारती राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गल्छी गाउँपालिका-४ मासटारस्थित प्रतिक्षालयबाट करिब ३५ केजी गाँजासहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ४८ बजे

सुनचाँदीको मूल्य सर्वाधिक उचाइमा, बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति

विध्वंस, अराजकता र आतंकका अगाडि झुक्नु कायरता हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई

आज पनि बिहानैदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष

कपिलवस्तुको वाणगंगाबाट पाँच जुवाडेसहित होटल सञ्चालक पक्राउ, २ लाख ५६ हजार नगद बरामद

बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरबाट जुवा खेलिरहेका पाँच जना