१० चैत्र २०८२, मंगलबार | March 25, 2026

अमेरिकाद्वारा नेपाली व्यवसायहरूको विश्वव्यापी प्रतिस्पर्धात्मकतामा २ अर्ब ४१ करोड लगानी



काठमाडौं । अमेरिकाले युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ ।

एक करोड ९० लाख अमेरिकी डलर (करिव २ अर्ब ४१ करोड १४ लाख रुपैयाँ) को यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

युएसएआईडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायहरूलाई नयाँ व्यापार र लगानी अवसरहरूको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैर वित्तीय सेवाहरूमा उनीहरूको पहुँच बढाउन र उत्पादकता वृद्धि गर्न मद्दत गर्ने जनाइएको छ ।

‘नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ,’ युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भनिन्, ‘यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबीच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।’

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्वाकांक्षालाई अगाडि लैजाने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ४८ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण