१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरिन : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका हुन् ।

यादवले लेखेका छन् ‘संसदको दुबै सदनबाट दुई/दुई पटक पारित भएको नागरीकता विधेयकलाई रास्ट्रपतिले प्रमाणिकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो ।’

राष्ट्रपति भण्डारीले मंगलबार रातिसम्म विधेयकलाई प्रमाणिकरण नगरेपछि गम्भीर संवैधानिक संकट उत्पन्न भएको छ । संविधानको पालना र रक्षा गर्ने संस्थाबाटै व्यक्तिगत इगोकाकारण विधेयक प्रमाणिकरण नगरेर संविधान विरोधी कार्य भएको आरोप संविधानविद्हरुले समेत लगाइरहेका छन् ।

यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी जसपाले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा आन्दोलन गर्ने र चुनावी मुद्दा बनाउने घोषणा गरेको छ । यादवसमेत संलग्न सत्तारुढ गठबन्धनले राष्ट्रपतिको कदमबारे आजै छलफल गर्दैछ ।

संसदले अनुमोदन गरेको कुनै पनि विधेयकलाई राष्ट्रपतिले एकपटक पुनर्विचारका लागि पुनः संसदमै पठाउन सक्ने अधिकार रहेपनि दोस्रोपटक आएको विधेयकलाई अस्वीकार गर्नसक्ने ठाउँ नै छैन । तर, भण्डारीले आफुले दिएको सुझाव संसदले पालना नगरेको भन्दै नागरिकता विधेयक प्रमाणिकरण गर्ने समय त्यसै घर्काएपछि संवैधानिक संकट उत्पन्न भएको हो । संविधानमा राष्ट्रपतिले संसदमा पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक परिमार्जन भएर मात्रै प्रमाणिकरणका लागि आउनुपर्छ भन्ने लेखिएको छैन ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ४० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा