१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक : अध्यक्ष यादव



सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताएका छन् ।

आज लहानमा जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य भएको बताए । वर्तमान प्रणालीले भ्रष्टाचारलाई मलजल गरेकाले यसको पुनःसंरचनाको विकल्प नरहेको उनको भनाइ थियो ।

यादवले भने,“हाल चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो प्रणालीमा निर्वाचित हुने प्रतिनिधिहरू जनताको सेवा होइन, भ्रष्टाचार गरेर लगानी असुल गर्न थाल्छन् । त्यसैले भ्रष्टाचारको मूल नास गर्न निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउनु आवश्यक छ ।”

पछिल्लो १० वर्षमा ११ पटक सरकार परिवर्तन हुनु संसदीय व्यवस्थाको अस्थिरता र असफलताको प्रमाण भएको बताउँदै उनले यस्तो व्यवस्थाले नीति निर्माणमा स्थायित्व दिन नसक्नुका साथै जनताको विश्वास पनि जित्न नसक्ने दाबी गरे ।

अध्यक्ष यादवले संसद्ले कानुन मात्रै बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारिणी प्रमुख बनाउने प्रणालीले मात्र स्थायित्व र जवाफदेहिता आउन सक्ने धारणा राखे । उनले जनसङ्ख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने माग गर्दै वर्तमान प्रतिनिधित्व प्रणालीले विशेष वर्ग र शक्तिशाली दलहरूलाई मात्र लाभ पु¥याएको आरोप लगाए । ‘जेनजी’ का आवाज सम्बोधनका लागि संविधान पुनर्लेखन गर्न आवश्यक रहेको पनि उनको जोड थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : १७ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति