२८ पुस २०८२, सोमबार | January 12, 2026

भक्तपुरमा फलामको पाइप लागेर एक जनाको मृत्यु



भक्तपुर । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ५५ बजे

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपील

काठमाडौं । विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने तयारी

‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती’

मोरङ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनमा डिजिटल

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप