२८ भदौ २०८३, आइतबार | September 13, 2026

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध



मुस्ताङ । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो ।

थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको विद्युत् ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । उनका अनुसार सुरुमा थासाङ-२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि सेवा अवरुद्ध गरिएकामा आइतबार राति आएको हावाहुरीले विद्युत्का खम्बामा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो ।

कार्यालय प्रमुख थकालीले खम्बामा क्षति भएका स्थानमा विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मतका लागि परिचालित भइसकेका जानकारी दिए। थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको छ ।

थासाङ-१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला हाइड्रोले विद्युत् उत्पादन गरिरहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा केन्द्रीय प्रसारण लाइनमा प्राविधिक समस्या आएमा मुस्ताङ अन्धकारमय हुने गरेको प्रमुख थकालीले बताए ।

थापाखोला हाइड्रोले उत्पादित विद्युत् प्राधिकरण वितरण गर्दै आएको छ । जिल्लाका माथिल्लो क्षेत्रमा प्राधिकरणको पहुँच स्थापित नहुँदा मुस्ताङमा पटकपटक विद्युतीय समस्या उत्पन्न हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

हिउँदयामको अत्यधिक चिसो मौसममा विद्युत् आपूर्ति बन्द हुँदा सरकारी कार्यालयका नियमित कामकाजका साथै स्थानीयलाई टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्नलगायत दैनिक काममा समस्या परेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले उल्लेख गरे ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ५३ बजे

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन, भोली निराहार व्रत

काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला