काठमाडौं । काठमाडौंको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङ गर्न पाइने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरी न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आजदेखि फूलपातीसम्म यो व्यवस्था लागु गरिएको हो ।
बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेन्ड राखिएको स्थानबाट डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया