१ पुस २०८२, मंगलबार | December 17, 2025

बाबुराम र प्रचण्ड एक हुँदा लाखौं जनतामा उत्साह थपिन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग नयाँ ढंगको सहकार्य अघि बढ्न लागेको बताएकाक छन् ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुहरुबीचको सहकार्य चुनावसम्मका लागि मात्रै अल्पकालीन नभएको जिकिर गरेका हुन् । प्रचण्डले बाबुराम र आफु मिलेर नयाँ ढंगको जनयुद्ध गर्न खोजेको पनि बताएका छन् ।

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ प्रचण्डले भने, ‘यो देशलाई फेरि एकचोटी समृद्धि, विकासको मोडल हामीले नै दिनुपर्ने हुन्छ। किनभने परिवर्तनको वाहक भएको नाताले हामी टिमबद्ध हुँदा त्यसको महत्व निकै ठूलो हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं।’

प्रचण्डले बाबुराम र प्रचण्ड एक हुँदा जनतामा उत्साह थपिने दाबी समेत गरे । बाबरामको वैकल्पिक राजनीतिक धार र आफुले सबै वामपन्थी शक्तिलाई एक बनाउने धार असफल भएको स्वीकार गर्दै उनले अब दीर्घकालीन सहकार्यमार्फत पुनः दुई जना अघि बढ्न लागेको बताए । उनले भने, ‘यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : ४४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष