७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि



काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुँदै छ । समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा राजनीतिक दलले बुझाइसकेका छन् । तर, गठबन्धनभित्र रहेका दलबीच प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलाग्दै प्रमुख चार दलभित्र आन्तरिक झगडा बढ्दै गएको हो ।

टिकट वितरणलाई लिएर आन्तरिक कलह चुलिँदो

कांग्रेस नेता शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित सिट बाँडफाँट गर्नुपर्ने र पार्टीभित्र आफ्नो समूहलाई टिकट वितरणमा भेदभाव गरेमा विद्रोह गर्ने चेतावनी दिएको छ ।

कांग्रेसले सय सिट पाउनैपर्ने र पार्टीभित्र सो सिटको बाँडफाँट न्योचित रूपमा हुनुपर्ने अडान कोइराला समूहको छ । शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँट’ पार्टी नेतृत्वलाई चेतावनी मात्रै दिएनन्, न्यायोचित ढंगले टिकट वितरण नभए विद्रोह गर्ने खुला चुनौती पनि देउवालाई दिएका छन् ।

गत महिना शेखरले विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोट पुगेरै छलफल गरेका थिए । शेखरले पार्टीभित्र देउवाले आफ्नो समूहलाई पेल्न खोजेको गुनासो मात्र गरेनन् । आगामी निर्वाचनमा पार्टीबाटै विद्रोह हुने र एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने विषयमा समेत गम्भीर छलफल गरेका थिए ।

आउँदो निर्वाचनमा गठबन्धन दलबीच तालमेल गरेर अघि बढ्ने निष्कर्ष निकालेसँगै कांग्रेसभित्र शेखर समूह संशकित देखिएको थियो । संस्थापन र कोइराला समूहले निर्वाचन आयोगमा समेत समानुपातिक तर्फको बन्दसूची बुझाउँदा छुट्टाछुट्टै बुझाएका छन् ।

कोइराला समूहले पटकपटक आफ्नो समूहको बैठक गरेर देउवालाई घच्घच्याउँदै उनीहरूले पार्टीले लिने सिट र सभापतिले बाँड्ने टिकट’boutमा बारम्बार प्रश्न उठाउँदै आएका छन् । कांग्रेसभित्रको आन्तरिक कलहकै कारण शनिबार बोलाइएको गठबन्धनको बैठकसमेत अवरुद्ध बन्यो ।

उता देउवाले पार्टीभित्र विद्रोहको अवस्था रहेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई आफ्नो बाध्यता बुझिदिन बारम्बार आग्रह गरिरहेका छन् । तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीमा कुनै विवाद नभएको दाबी गरेका छन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : २७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा