२८ आश्विन २०८३, बुधबार | October 14, 2026

प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तापक्षीय राजनीतिक दलको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन् ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनसेवा र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए । उनले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए ।

यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ४७ बजे

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय

सहकार्य, सहअस्तित्व र समन्वयमा जोड दिँदै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

विराटनगर । नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय

साउदी अरबका प्रस्तावित राजदूतको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य