७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जनताका काम छोडेर लगातार विदेश भ्रमणमा



काठमाडाैं । सरकारले विदेश भ्रमणमा मनपर्दी रूपमा स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका छन् ।

केही मन्त्री विदेश भ्रमण सकेर आउना साथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ । हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै सचिव पनि विदेश भ्रमणमा मस्त छन् । अन्य केही मन्त्रीहरू विदेश भ्रमणको लाइनमा छन् । नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा सरकारका मन्त्री र सचिव दसैंको मुखमा विदेश भ्रमणमा मस्त छन् ।

वन तथा वातावरणमन्त्री प्रदीप यादव आइतबार अमेरिका उडेका छन् । उनी केही दिनअघि मात्रै विदेशबाट फर्केका थिए । त्यसको दुई साता नपुग्दै वनमन्त्री यादव फेरि अमेरिका उडेका हुन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शनिबार क्यानडा उडेका छन् । यस्तै, भूमिसुधार मन्त्री शशि श्रेष्ठ केही दिनदेखि युरोपका विभिन्न देशमा सयरमा छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि शनिबार युरोप प्रस्थान गरेका छन् ।

उनीसँगै मन्त्रालयका सचिव अर्जुन पाखरेल तथा कर्णाली प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनाललगायतको जम्बो टोली विदेश उडेको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मा विदेश भ्रमण सकेर केही दिनअघि मात्रै फर्केका छन् यस्तै, स्वास्थ्य सचिव पनि विदेश भ्रमणबाट फर्केका छन् । यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी पनि विदेश भ्रमण गरेर केही दिनअघि मात्रै फर्केका छन् ।

सरकारले २०७५ सालमा विदेश भ्रमणसम्बन्धी निर्देशिका जारी गर्दै विदेश भ्रमणमा कडाइ गरेको थियो तर अहिले सो निर्देशिका निष्क्रिय पारिएको छ ।

गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक विभिन्न मन्त्री र सचिवका लागि ११ वटा भ्रमण दलको विदेश भ्रमणमा स्वीकृति दिएपछि विकृति सुरु भएको हो । त्यसअघि १० दिनको अवधिमा पाँचवटा विदेश भ्रमणलाई स्वीकृति प्रदान गरिएको थियो ।

राज्यकोषमा करोडांैको व्ययभार पार्दै सरकारका मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार लगातार भइरहेको विदेश भ्रमण दलमा मन्त्री, राज्यमन्त्री, सचिव अन्य सरकारी पदाधिकारी र कर्मचारी सहभागी हुने गरेका छन् । तर तल्ला तहका कर्मचारीले विदेश भ्रमणको खासै अवसर पाउँदैनन् । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक अर्बभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारीहरूको भनाइ छ ।

योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र स्वास्थ्य राज्यमन्त्रीसँगै भुटान भ्रमणका लागि, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र विशेषज्ञ डा. संगीता कौशल मिश्रा पनि विदेश भ्रमण सकेर फर्किएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार १० देखि १४ सम्म फिलिपिन्सको मनिलामा हुने एसियाली विकास बैंकको ५५औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री जनार्दन शर्मा र उनको टोलीको विदेश भ्रमण पनि स्वीकृत भएको छ ।

यस्तै, १४ कात्तिकदेखि १८ सम्म क्यानडामा हुने अर्काे एक कार्यक्रमका लागि उद्योग सचिव डा. तोया ज्ञवालीलगायतको भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । विदेश भ्रमणमा जाँदा डलरमा भत्ता पाउने लोभले मन्त्री, सचिवलगायतका कर्मचारी विदेश भ्रमणमा मरिहत्ते गर्ने गरेको बताइन्छ ।

विदेश भ्रमणमा रहँदा उच्च पदस्थ मन्त्री तथा कर्मचारीले दैनिक २ सय डलरसम्म भत्ता पाउछन् । उनीहरू कम्तीमा पनि ७ देखि १० दिनको समय मिलाएर विदेश भ्रमणमा निस्कने गरेका छन् । साना कर्मचारी गए पनि हुने विदेशका तालिममा सहसचिव सचिव नै जाने गरेका छन् । कतिपयले आफ्नो मनोनयन आफैं गर्ने गरेका छन् ।

आपूm मातहतका कार्यालयका सानतिना कर्मचारीलाई मनोनय नगरी सचिव सहसचिवले आफैं वा आपूmनिकटका उपल्लो तहका कर्मचारीलाई मनोनयन गर्नाले साना कर्मचारी यो अवसरबाट वञ्चित हुने गरेको प्रधानमन्त्री कार्यालयको निष्कर्ष छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ५३ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका