४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बेगखोलामा ह्युमपाइप राखियो


११ आश्विन २०७९, मंगलबार  

234
Shares

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका-१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ ।

बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी-जोमसोम-कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो ।

बेगखोलामा सवारीसाधनलाई सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन बेनीबाट दुईवटा ह्युमपाइप लगेर राखिएको बेनी यातायात प्रालिका सञ्चालक टीका पुर्जाले जानकारी दिए । “बेनीबाट बेगखोलासम्म ह्युमपाइप ढुवानी बेनी यातायात प्रालिले गरेको हो”, उनले भने “ह्युमपाइपलाई खोलामा राख्न बेगखोलामा निर्माणाधीन पुलका ठेकेदारले डोजर उपलब्ध गराएका थिए ।”

विसं २०७३ मा आएको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे र बेलीब्रिज बगाएको थियो । पक्की पुल निर्माण गर्न ढिलाइ हुँदा बेगखोलामा बाढी आएको अवस्थामा सवारीसाधन आवतजावत बन्द हुने गरेको छ ।

ह्युमपाइप राखेपछि खोलामा जोखिम मोलेर सवारीसाधन र मानिस वारपार गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको सञ्चालक पुर्जाले बताए । बेगखोलामा सडक विभागको पुल महाशाखाले ८० मिटर लामो मोटरेबल पुल निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ०३ बजे

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा

एमालेले १० महिनापछि फिर्ता गर्‍यो विद्या भण्डारीको सदस्यता

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा