१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पोखरामा भेँडाच्यांग्राका हुलः रोज्जालाई ५० हजार, छोड्डाको ३० हजार



पोखरा । १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेँडाच्यांग्रामै वित्छ । उनको अनुभवमा जति भेँडाच्यांग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेँडाच्यांग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’

दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेँडाच्यांग्राको हुलैहुल भेटिन्छन् । पोखरामा च्यांग्रा संस्कृति धेरै पूरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्यांग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेँडाच्यांग्राको भाउ निकै महंगो छ ।

लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेँडाच्यांग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दसैंमा भेँडाच्यांग्राको माग बढी हुन्छ । बोहराले ल्याएको हुलमा रोज्जा च्याङग्राको मुल्य ४५ हजार छ । यहाँबाट एउटै च्यांग्राको मुल्य ५० हजारसम्म लिन्छन्, व्यवसायीले ।

मुस्ताङको कागबेनीदेखी च्याङग्रा ल्याएर याम्दीमा बिक्रिका लागि राखेका हेम्जाका झपट बहादुर थापाले रोजेर र जोखेर दुवै हिसावले च्यांग्रा बेचेका छन् । ‘रोजेर ३८ हजार देखि ४६ हजार मुल्य सम्मका छन् । जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उनले भने, ‘जसले पहिले ल्यायो, उसैको छिटो विक्रि हुन्छ । ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकें ।’

याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर विक्रि हुन्छन् । मुस्ताङबाट झारिएका भेडाच्यांग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडाच्यांग्रा ल्याइएपनि वर्सेनी हुने मुल्य बृद्धीका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।

बझाङबाट करिब २ सय ५० भेडाच्यांग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मुल्य बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार प¥यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न प¥यो । पालिकालाई कर तिर्न प¥यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मुल्य पर्छ । दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडाच्यांग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : २२ बजे

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री