१३ भदौ २०८३, शनिबार | August 29, 2026

संघीय ३ अस्पतालमा नयाँ अध्यक्ष नियुक्ति



काठमाडौं । संघीय मन्त्रीपरिषदले संघीय सरकार अन्तर्गतका ३ वटा अस्पतालमा नयाँ अध्यक्षहरु नियुक्ति गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा टेकु अस्पताल परोपकार प्रसुति अस्ताल र नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको निर्णयबाट डा. चिन बहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।

पुन २०५१ सालबाट क्यान्सर अस्पताल भरतपुरमा कार्यरत थिए । यस्तै २०७१ वैशाखदेखि २०७४ बैशाखसम्म बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक थिए।

यसैगरी मन्त्रिपरिषदको बैठकले डा. विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ ।

२ वटा अस्पतालमा स्वास्थ्य क्षेत्रकै विज्ञलाई अध्यक्ष पदमा नियुक्त गरिएपनि नेपालगन्ज स्थित भेरी अस्पतालमा सुनचाँदी व्यवसायीलाई अध्यक्ष पदमा नियुक्त गरिएको छ । सुनचाँदी र जडिबुटी व्यवसाय बाहेकको कुनै अनुभव नभएका सकिल अहमद जसगढलाई भेरी अस्पतालको अध्यक्ष पदमा नियुक्त गरिएको छ ।

भेरी अस्पताल जस्तो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफर अस्पतालमा चिकित्सा क्षेत्रको वा सामाजिक अभियन्तालाई नियुक्त गर्नु पर्नेमा सरकारले सामाजिक अनुभव नभएको व्यक्तिलाई नियुक्त गरेको नाम नबताउने सर्तमा अस्पतालका एक कर्मचारीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ०१ बजे

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट