३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालको राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत : रवीन्द्र मिश्र



काठमाडौं। विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् ।

राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंशा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैलीमा गलत भएको बताए । उनले भने, ‘हामी आफू आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नु भएन ।’

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताए । उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधै उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्वशक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भष्ट्र सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’ त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरु आइरहेको उनले बताए । यदि यहाँ द्धन्द्ध चर्कियो भने कहिल्यै समाधान नहुने उनको भनाइ छ ।

उनले राजनीति सिंगो देशलाई गाइड गर्ने नीति भएको बताए । तर, यहाँ देशको राजनीति गर्ने कोही भएनन् । पेशा व्यवसाय त सबैले गरेकै होलान तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको उनको भनाइ छ । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउन गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताए । यसमा वामवादले थप क्षति पुराएको बताए । उनले भने, ‘चामलको बोरामा राखेर बाइबल किन बाढ्ने रु पशुपति मन्दिरमै गएर बाइबल बाचन गर्नुपर्छ र रु तीन चार कक्षामा पढ्ने बालबालिकालाई किन बाइबल पढाउने रु’ उनले आफू पनि क्रिश्चियन देशमा धेरै वर्ष बसेको तर यहाँ जस्तो विचलन नपाएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : २१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको