४ पुस २०८२, शुक्रबार | December 19, 2025

क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते आत्मसर्पण गर्ने



काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसपर्पण गर्ने भएका छन् ।

लामिछानेले सामाजिक संजालमार्फत स्टाटस लेख्दै कानूनी लडाईं लड्ने अठोटका साथ आत्मसमर्पण गर्ने तयारीमा रहेको जनाएका छन् । हाल फरार अवस्थामा विदेशमा रहेका लामिछानेले असोज २० गते अर्थात अक्टोबर ६ तारिखका दिन नेपाल फर्किने जनाएका पनि छन् ।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गरेपछि केन्यामा क्रिकेट खेल्न पुगेका लामिछाने त्यतैबाट विदेशतिरै बसेका थिए । तर उनले आफु निर्दोष रहेको दाबी गर्दै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । उनले स्टाटसमा लेखेका छन्, ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु ।’
लामिछानेले आफूमाथिको षडयन्त्रको समयसँगै पर्दाफास हुने दाबी समेत गरेका छन् ।

लामिछाने स्वदेश नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फ उनलाई डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : २१ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा