२६ माघ २०८२, सोमबार | February 9, 2026

बाँके क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय उदघाटन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा जिल्लाको क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।

नेपालगन्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनमा रहनेगरि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको हो । अन्य दुई क्षेत्रमा पनि छिट्टै उद्घाटन गरिने जनाइएको छ ।

बाँके क्षेत्र नम्बर २ मा जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचनको दिन नजिकै आउँदै गर्दा मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधि बढ्दै गएको छ । निर्णय भइसकेका उम्मेदवारले घरदैलो शुरु गरिसकेका छन् भने नाम सिफारिस भएकाहरु टिकटका लागि दौडधुप गरिरहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ०६ बजे

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर