१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँके क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय उदघाटन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा जिल्लाको क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।

नेपालगन्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनमा रहनेगरि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको हो । अन्य दुई क्षेत्रमा पनि छिट्टै उद्घाटन गरिने जनाइएको छ ।

बाँके क्षेत्र नम्बर २ मा जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचनको दिन नजिकै आउँदै गर्दा मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधि बढ्दै गएको छ । निर्णय भइसकेका उम्मेदवारले घरदैलो शुरु गरिसकेका छन् भने नाम सिफारिस भएकाहरु टिकटका लागि दौडधुप गरिरहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ०६ बजे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय