४ पुस २०८२, शुक्रबार | December 19, 2025

जसपाले छाड्यो सत्ता गठबन्धन, एमालेसँग चुनावी तालमेल गर्ने



काठमाडौं । जनता समाजवादी पार्टीले सत्ता रुढ पाँच दलीय गठबन्धन छाडेको छ । मंसिर ४ मा हुने संघीय निर्वाचनको सिट बाँडफाँडमा सुरुआतदेखि नै असहमति जनाउँदै आएको जसपाले कुरा नमिल्ने देखेपछि गठबन्धन छाडेको हो ।

सत्ता गठबन्धनका दलले प्रत्यक्ष निर्वाचनमा थोरै सिट दिने भएपछि जसपाले पाँच दलीय गठबन्धन छाड्दै एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।

बिहीबार सत्ता गठबन्धन र एमलो दुवैसँग छलफल गरेको जसपाले बिहीबार राति अवेर एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

तालमेलपछि मधेस प्रदेशमा जसपाले बहुमत सिट पाउने छ। त्यसवाहेक लुम्बिनी र प्रदेश १ का केही सिट पनि उसले पाउनेछ । यस्तै, केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको दुई दलले बताएका छन् ।

यसअघि कम सिट पाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा पाँच दलको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बालकोट पुगेका थिए । गठबन्धनमा जसपालाई प्रतिनिधिसभामा १६ सिट दिने तयारी थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको