१९ बैशाख २०८१, बुधबार | May 2, 2024

प्रचण्डको प्रतिक्षामा जसपा, रास्वपा र राप्रपा नेताहरु बालकोटमा



काठमाडौं । बालुवाटार बैठकबाट गठबन्धन टुटेको सन्देश दिएर निस्केका माओवादी अध्यक्ष खुमलटार हुँदै बालकोट आउनु अघि बालकोट स्थित ओली निवासमा जसपा, रास्वपा र राप्रपाका नेताहरु छलफलमा जुटेका छन्। सत्तागठबन्धन टुटेको सन्देश बाहिरिएसाँगै साना दलहरु एमालेसँग छलफलमा जुटेका हुन्।

बालकोट जाने हल्ला चलाएर खुमलटार पुगेका माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोट पुगेका छन्। कांग्रेसले पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री दिन नचाहेपछि प्रचण्ड बालुवाटार बैठक छाडेर हिँडेका थिए।

प्रचण्ड नपुग्दै बालकोटमा जसपाबाट अशोक राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवी लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोटमा पुगेका छन् । खुमलटारमा केही माओवादी नेतासंग सल्लाह गरेर प्रचण्ड बालकोट जाने तयारी भएको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  २ : ०५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी