२९ पुस २०८२, मंगलबार | January 13, 2026

बेपत्ता युवतीको शव भेटियो



लमजुङ । चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दशैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका-१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो ।

यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो । शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ ।

बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ । उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए । फर्किने क्रममा शर्मिला र उनका श्रीमान् बुद्धको मृत्यु भएको हो । दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदै छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ४ : ३३ बजे

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन