२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले र जसपाको समर्थनमा राप्रपा दीपक बोहोराले गराए मनोनयन दर्ता



रुपन्देही । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल ९जसपा० गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए । गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित भएका थिए ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ ९क०बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।

क्षेत्र नम्बर ३ (ख)बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

बोहराको प्रतिस्पर्धा गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणसित हुन लागेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : १६ बजे

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका