४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-१ बाट घनश्याम भुसालको स्वतन्त्र उम्मेवारी दर्ता, सत्ता गठबन्धनको समर्थन



बुटवल । शनिबार एमाले परित्याग गरेको घोषणा गरेका मार्क्सबादी चिन्तक बाम नेता घनश्याम भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारकारुपमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेभित्रको आन्तरिक लोकतन्त्र सुधार गर्ने भन्दै माधव नेपालसँग नबाहिरिएका भुसालले नेतृत्वले पूर्णरुपमा निषेध गरिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छ्न ।

नवौं महाभिवेशनमा राजनीतिक दस्तावेज महाधिवेशनबाट पारित भएर पनि पार्टी नेतृत्वमा पराजित भएका भुसालले पछिल्लो महाधिवेशनमा पनि एमाले अध्यक्ष केपी ओलीको काउण्टरमा दस्तावेज दर्ता गराउका थिए । पार्टी त्याग गर्नुअघि भुसालले एमालेलाई सुधारर्ने आफ्नो अभियानमा आफु असफल भएको भन्दै अध्यक्ष ओलीले एमालेको गौरवशाली इतिहास समाप्त पारेको आरोप लगाएका थिए ।

उम्मेदवारी दर्ता गर्नुअघि आज बिहान पत्रकार सम्मेलन गर्दै नेता भुसालले ओली र आफ्नो अन्तरबिरोध नवों महाधिवेशनदेखि कै भएको बताएका थिए । मुलरुपमा कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने विषयमा ओलीसँग अन्तरबिरोध रहेको उनले बताए ।

भुसाललाई एमाले परित्याग गरे लगत्तै माओवादीले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न प्रस्ताव गरेपनि उनले त्यस प्रस्तावलाई अस्विकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धन र एमालेमा रहेका क्रान्तिकारी र पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने चिन्तन राख्ने कार्यकर्ताहरुको जगमा आफुले चुनाव जित्ने भुसालले बताए । उनले कानुनी रुपमा आफु एमाले रहेपनि आफुले आफुलाई एकीकृत नेकपाकै सदस्य ठान्ने गरेको बताउँदै आफ्नो अभियान कम्युनिष्टहरुलाई एक ठाँउमा ल्याउने नै रहेको बताए । उनले राजनीति गर्ने मान्छेलाई संसद एउटा मोर्चा बन्न सक्ने भएकाले आफु स्वतन्त्र उम्मेदवार बन्ने चाहेको पनि उनले बताए ।

रुपन्देही क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रलाई भाग परेको थियो । भुसाल उम्मेदवार हुने भएपछि माओवादीले उम्मेदवार उठाएन । प्रदेशसभामा (क)मा कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुर रज्जाकले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको