६ पुस २०८२, आइतबार | December 22, 2025

बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना



काठमाडौ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ ।

सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कूल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कम्पनीले असोज २५ ९अक्टोबर ११ तारिख० मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुआती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटिआर जहाजसहित १६ वटा जहाजबाट सेवा दिइरहेको छ । देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षे व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदै रजत जयन्तीबाट ५०औँ स्वर्ण जयन्तीसम्मको गन्तव्यका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले यात्रुको सरल र सहज यात्रा तथा हवाई उडान सुरक्षामा कम्पनीले कुनै पनि सम्झौता नगर्ने भन्दै जहाजसँगै उडान गन्तव्य पनि क्रमशः विस्तार गर्दै लगिने बताए ।

“म व्यक्तिले बुद्ध एयरलाई २५ वर्ष डो¥याएर यो सफलतामा पु¥याएको छु, अब कम्पनीलाई संस्थागत गरिनुपर्छ नयाँ धरातलमा जानुपर्छ, त्यसैले २५ वर्षे रजतजयन्ती मनायौँ, अबको २५ वर्षभित्र अर्को सफलताका लागि यात्रा तय गर्नुछ, त्यसैले केही न केही परिवर्तन गरेर जानैपर्छ”, प्रबन्धन निर्देशक बस्नेतले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ५ : १० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको