बुटवल । हामी नेपाली पार्टीबाट उम्मेदवारी दिएर आफुलाई स्वतन्त्र उम्मेदवार बताउँदै आएका रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध दुइवटा उजुरी दर्ता भएको छ।
आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका भुसालविरूद्ध निर्वाचन कार्यालयमा सोमबार दिउँसो २ बजे उजुरी दर्ता भएको हो ।
सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका विष्णु विक र तोपनारायण पौडेलले भुसालविरूद्ध अलगअलग उजुरी दर्ता गराएको निर्वाचन अधिकृत उदविर नेपालीले जानकारी दिए।
आयोगमा दर्ता भएको उजुरीमा भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उम्मेदवारी खारेज गरिनु पर्ने ।
क्षेत्र नं २ मा सोमबार साँझसम्म दुइवटामात्र उजुरी दर्ता भएको र दुइवटै भुसालविरूद्ध रहेको नेपालीले बताए। भुसालले आफुलाई स्वतन्त्र उम्मेदवार बताएपनि उनले उम्मेदवारी दर्ता गर्दा हाम्रो नेपाली पार्टीको टिकटबाट उम्मेदवारी दर्ता गराएका छन् ।



















प्रतिक्रिया