४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दिया-२ बाट उठेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज



बर्दिया । कैलाली घटनमा जेल जीवन बिताईरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।

चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन कार्यालय बर्दियाले पुष्टि गरेको छ । प्रतिनिधिसभा ०७४ को दफा १३ को ख (ङ) र (झ) बमोजिम चौधरीको उम्मेदवारी खारेज गरीपाउँ भनी माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले दिउको उजुरी उपर छानवीन गर्दा उम्मेदवारी खारेज हुने ठहरिए बमोजिम खारेज गरिएको मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताए । निर्वाचन ऐनको दफा १३ को (झ) बमोजिम अदालतको फैसलामाबाट कैद भुक्तान बाँकी रहेको वा गरिरहेको अवस्थामा उम्मेदवार बन्न अयोग्य हुने लम्सालले बताए । उजुरीकर्ताले कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला समेत पेश गरेको र कारागारको पत्र पनि प्राप्त भएको आधारमा खारेज परिएको उनले बताए ।

उम्मेदवारी खारेज भएको जानकारी पाएलगत्तै नागरिक उन्मुक्ति पार्टी समर्थकहरुले नारवाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उच्च अदालतबाट जन्मकैदको सजाय पाएर हाल चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको