१८ असार २०८३, बिहिबार | July 2, 2026

रेशम चौधरीको मुद्दाको आज अन्तिम सुनुवाइ



काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरीको मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ । राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई विपक्षी बनाई दायर भएको मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको हो ।

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिट निवेदनको आज अन्तिम सुनुवाइ हुने भएको हो ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिको माफी मिनाहा गैरकानुनी रहेको भन्दै घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शितलनिवास तथा रेशम चौधरीलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन् ।

यसअघि राष्ट्रपतिबाट माफी मिनाहा पाएका नेपालगन्जका गुण्डा नाइके योगराज ढकाल रिगलको मुद्दामा अदालतले राष्ट्रपतिको निर्णय बदर गर्दै पक्राउ गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : ४६ बजे

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका