१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले शीर्षनेता को कति सुरक्षित ?



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वसन्ध्यामा एमाले शीर्षनेता चुनावी मैदानमा उत्रिसकेका छन् । पाँच दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका शीर्षनेता ‘को कति सुरक्षित छन् ?’ भन्ने विषयमा जोड–घटाउसमेत सुरु भएको छ ।

४ मंसिर निर्वाचन केन्द्रित गरेर एमालेले जनपरिचालन थालिसकेको छ । १ सय ६५ क्षेत्रमध्ये हाल एमालेसँग १ सय ४० सिटको उम्मेदवारी छ । बाँकी सिटमा एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राप्रपा र बागी उम्मेदवारसँग तालमेल गरेको छ ।

निर्वाचनमा तालमेल गर्दा हाल एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट २०७४ सालमा ५७ हजार मत ल्याएर ओलीले चुनाव जितेका थिए ।

यसपटक भने अध्यक्ष ओलीले राप्रपाको साथ पाउने निश्चित छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्रबाट ४१ हजार ६ सय १९ मत प्राप्त गरेको थियो । सो मत वडाध्यक्षले पाएको मतभार हो ।

त्यस्तै, वडाध्यक्षमा कांग्रेसले २२ हजार, माओवादीले १० हजार ७ सय ७८, राप्रपाले ८ हजार ३ सय ५३ र नेकपा एसले १९ सय मत ल्याएका थिए । यो हिसाबले हालको गठबन्धन सबै दलको मत जोड्दा पनि एमाले अध्यक्ष ओली ६ हजार ८ सय ३१ मतले अगाडि छन् ।

राप्रपाको पनि साथ पाउँदा ओली १५ हजारभन्दा बढी मतले अगाडि देखिन्छन् । यस हिसाबमा ओली ‘सेफजोन’मा छन् । तर, चुनावका समयसम्म पुग्दा मत थपघट भने हुने निश्चित छ ।

त्यस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दिएका छन् । २०७४ सालको निर्वाचनमा वामगठबन्धन उम्मेदवार रहेर सो क्षेत्रबाट चुनाव जितेका पोखरेल योपटक कुनै गठबन्धनबिनै चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतान्तरसहित पोखरेल विजयी भएका थिए । योपटक पनि उनी सो क्षेत्रबाट चुनाव जित्ने दाउमा छन् ।

यसपटक पोखरेलको प्रतिस्पर्धा कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग हुँदै छ । तनहुँ छाडेर अन्तिम समय काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दिएका पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न कठिन पर्ने देखिन्छ ।

स्थानीय तहको मतभार हेर्दा पोखरेल गठबन्धनभन्दा ५ हजार मतले अगाडि देखिन्छन् । कांग्रेसको मात्रको जनाधारका भरमा पौडेलले चुनाव लड्नुपर्दा गाह्रो छ । स्थानीय तहको परिणाम हेर्दा माओवादीको सो क्षेत्रमा ५ सय जना मात्रै मतदाता छन् ।

एमालेका प्रभावशाली उपाध्यक्ष विष्णु पौडेल रूपन्देही २ बाट चुनावी मैदानमा उत्र“दै छन् । उनीसँग यसपटक चुनाव लड्न तयार भएका नेकपा एसले राजु गुरुङलाई उतारेको थियो ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले आठवटा ‘चेक बाउन्स’ गराएको र कालोसूचीमा परेको बेहोराको उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवार खारेज गरेको छ ।

गठबन्धन उम्मेदवारको उम्मेदवारी खारेज गरेसँगै पौडेलको प्रतिस्पर्धामा उठ्ने बलिया उम्मेदवार कोही पनि छैनन् । यसकारण उनी जितनजिक छन् ।

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम–२ बाट उम्मेदवारी दिएका छन् । अघिल्लोपटक २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार केशव थापालाई ९ हजार ६ सय ५२ मतान्तरले हराएका थिए ।

योपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका नेम्बाङ पुन विजयी हुन चाहन्छन् । स्थानीय तहको मतपरिणाम हेर्दा सत्ता गठबन्धनभन्दा ४ हजार मतले पछि देखिए पनि उनको व्यक्तिगत भोट र स्वतन्त्र उम्मेदवारले भोट काट्न सक्ने भएकाले पनि विजयी हुनेमा नेम्बाङ ढुक्क छन् ।

एमालेका अर्को उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनको उम्मेदवारसँग भिड्दै छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी पाण्डे योपटक पनि सो विरासत दोहो¥याउन चाहन्छन् ।

स्थानीय तहको योपटकको निर्वाचन परिणाम हेर्दा एमालले वडाध्यक्षमा पाएको मत भार ३९ हजार ६ सय ६ हो ।

गठबन्धनको कुल मत ४६ हजार २ सय ९६ मत रहेको छ । गठबन्धन दल ६ हजार ६ सय ९० मतले अगाडि देखिन्छ । पाण्डेले स्थानीय तहको मतभारअनुसार राप्रपाले ल्याएको ५ हजार ५ सय ९० मत पाए भने पनि चुनाव मुस्किलले मात्रै जित्ने देखिन्छ । यो हिसाबमा हेर्दा पाण्डेलाई विगतभन्दा योपटकको चुनाव कठिन छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरल दाङ निर्वाचन क्षेत्र २ बाट निर्वाचन लड्दै छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका रेखा शर्मा छिन् ।

२०७४ सालमा सो क्षेत्रमा वामगठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महराले चुनाव जितेका थिए । यसपटक महरा चुनावी प्रतिस्पर्धाबाट पछाडि हटेपछि सो क्षेत्रमा माओवादी केन्द्रका शर्माले टिकट पाएकी छन् ।

स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा दाङ २ बाट महासचिव शंकर पोखरेल सहज रूपमा जित्ने देखिन्छ । माओवादीका बलिया प्रतिस्पर्धी कृष्णबहादुर महराले चुनावबाट ‘वाकओभर’ गरेसँगै यो क्षेत्रबाट पोखरेल बलिया उम्मेदवारका रूपमा उत्रिएका छन् ।

एमाले सचिव गोकर्ण विष्ट गुल्मी निर्वाचन क्षेत्र–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालमा लोकप्रिय मत ल्याएर विजयी विष्टले योपटक गठबन्धन उम्मेदवार रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्दै छन् ।

५ सय मत पनि नभएको नेकपा एसको उम्मेदवारलाई टिकट दिएकोमा गुल्मीमा नेपाली कांग्रेस असन्तुष्ट छ । कांग्रेसको असन्तुष्ट पक्षले गठबन्धन उम्मेदवारलाई मत नदिए पुन गुल्मी २ बाट विष्टको विजयी सुनिश्चित देखिन्छ ।

एमाले सचिव लेखराज भट्ट योपटक कैलाली ४ बाट निर्वाचनमा उत्र“दै छन् । अघिल्लोपटक २०७४ सालमा वामगठबन्धनबाट माओवादीका तर्फबाट कैलाली ४ बाट निर्वाचित भएका थिए । नेकपा विभाजनसँगै उनी एमालेमै रहेका थिए ।

हाल, स्थानीय तह वडाध्यक्षले पाएको मत परिणाम हेर्दा सो क्षेत्रमा एमालेले २० हजार २१ मत पाएको छ भने सत्ता गठबन्धनले ३७ हजार १ सय ४९ मत रहेको छ । यो हिसाबले गठबन्धनभन्दा भट्ट १७ हजार ६८ मतले पछाडि देखिन्छन् । तर, निर्वाचन मिति नजिकि“दै गर्दा सो संख्यामा तलमाथि हुन सक्ने सम्भावना भने अझै बाँकी छ ।

एमालेका अर्को सचिव टोपबहादुर रायमाझी पूर्वमाओवादी पृष्ठभूमिका हुन् । २०६४ सालदेखि अर्घाखाँचीबाट निरन्तर जित हासिल गर्दै आएका रायमाझी योपटक पनि निर्वाचन जित्ने दाउमा छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी कांग्रेसका डा. रामबहादुर बिसीलाई १८ हजार २ सय ९३ को फराकिलो मतान्तर जितेका रायमाझी योपटक एमालेबाट जित्ने तयारीमा छन् ।

अर्घाखाँचीमा व्यक्तिगत मत बढी रहेको दाबी गर्ने रायमाझी योपटक कांग्रेस नेत्री पुष्पा भुसालसँग चुनावी मैदानमा उत्रनेछन् ।

प्रतिनिधिसभा उपसभामुख पुष्पा भुसाल २०७४ सालमा समानुपातिकबाट सांसद भएकी थिइन् । यसपटक उनी प्रत्यक्षतर्फ एक मात्र निर्वाचन क्षेत्र भएको अर्घाखाँचीमा उम्मेदवारी दर्ता गराएकी हुन् । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : २८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम