११ कार्तिक २०८३, बुधबार | October 28, 2026

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक



काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेताहरू आवासीय बैठकमा व्यस्त छन् ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीयरूपमा रहेर छलफल गरिरहेको जनाइएको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज (आइतबा) काठमाडौँ फर्कने छन् ।

पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलले प्रदेशगतरूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो । महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहेको जनाइए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरु छलफल गरिएको हो ।

गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । गत जेठ २६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो ।

गत शुक्रबारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ ।

भोटेकोशी बाढीपछिको अवस्थामा एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५,६ र ७ गतेका लागि तोएिकाले कार्यदललाई प्रतिवेदन अन्तिम रुप दिने प्रयास जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १ : ४० बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय