२० माघ २०८२, मंगलबार | February 3, 2026

नवौँ राष्ट्रिय खेलकुद : हक्की आजदेखि, तर खेल मैदान नै तयार भएन



नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ ।

पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।

गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो । उनले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेकोे गुनासो गरे । समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताए ।

भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक पूर्वाधार निर्माण गर्दा कुनैकुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकार गरे । हक्कीमा पुरुषतर्फ नौ तथा महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गर्दै छन् । नवौँ राष्ट्रिय प्रतियोगिताको यही असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल भने सुरु भइसकेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ८ : ४४ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि