२० माघ २०८२, मंगलबार | February 3, 2026

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह



काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पु¥याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको छ ।

बैठकले यही असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बाढी पहिरोबाट आजसम्म रुकुम पश्चिममा सात, मुगुमा दुई सय ३६, कालिकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन सय ६८ र दैलेखमा दुई सय ७१ घरहरु पूर्ण रुपमा क्षति भएका छन् । त्यसैगरी रुकुम पश्चिममा तीन, मुगुमा तीन सय ९९, कालिकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घरहरु उच्च जोखिममा रहेका छन् ।

रुकुम पश्चिममा १५, मुगुमा पाँच हजार दुई सय ८२, कालिकोटमा एक हजार सात सय ६३, हुम्लामा चार हजार ७४, सुर्खेतमा पाँच सय ६६, सल्यानमा छ सय २९, डोल्पामा ३२, जुम्लामा एक हजार सात सय २५, दैलेखमा एक हजार सात सय २० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन वाध्य भएको बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्ध समेत भएका छन् ।

प्राकृतिक विपद्मा परी जीवन गुमाउनु भएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ४३ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको