२० माघ २०८२, मंगलबार | February 3, 2026

आजको मौसम : कमजोर बन्यो मनसुनी वायु, देशभर मौसम सफा



काठमाडौं । आगामी केही दिन देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयपछि नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जसले गर्दा हाल कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ ।

राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू-भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा मात्रै आंशिक बदलीको सम्भावना छ । देशका बाँकी भू-भागमा भने मौसम सफा रहनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ४६ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि