२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजको मौसम : कमजोर बन्यो मनसुनी वायु, देशभर मौसम सफा



काठमाडौं । आगामी केही दिन देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयपछि नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जसले गर्दा हाल कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ ।

राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू-भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा मात्रै आंशिक बदलीको सम्भावना छ । देशका बाँकी भू-भागमा भने मौसम सफा रहनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ४६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती