८ पुस २०८२, मंगलबार | December 23, 2025

संसदीय निर्वाचनपछि देश श्रीलंका बन्दै छ : सिपी गजुरेल



महोत्तरी । नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचनलाई रोकेर देशलाई श्रीलंका बन्ने खतराबाट जोगाउनुपर्ने बताएका छन् । यो संसदवादी ब्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई प्रश्रय दिएको दाबी गर्दै आमनिर्वाचन रोकेर देशलाई अशान्ति हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ ।

मधेस प्रदेशमा निर्वाचनलाई कसरी बहिष्कार गर्ने भन्ने विषयमा आइतबार सर्लाहीमा भएको भेलामा नेकपा क्रान्तिकारी माओवादीका शीर्ष नेताहरूले चुनावलाई जसरी पनि बहिष्कार गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकाले ।

नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलाले पनि संसदवादी दलहरूले देशलाई भड्खालोमा धकेल्दै गएको आराेप लगाए । ‘निर्वाचनमा भोट हालेर पठाएका नेताका कारण देशमा समृद्धि आउन सक्दैन,’ उनले भने, ‘भोट हालेर जिताएर देश लुट्न पठाउनुबाहेक केही छैन, त्यसैले आसन्न निर्वाचनलाइ बहिष्कार गरौं ।’

संसदीय निर्वाचनमा सुकुम्बासीहरूलाई प्रयोग गर्ने र जितिसकेपछि वाचा भुलिदिने नेताको चरित्रप्रति प्रश्न उठाउँदै संयोजक बास्तोलाले उनीहरूले जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु भएको पनि जिकिर गरे । अपराधमा मुछिएकाहरूसमेत संसदीय निर्वाचनमा खुलमखुल्ला होमिएको बताउँदै उनले भने, ‘यो जत्तिको घीनलाग्दो के हुन सक्छ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ३७ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३