८ पुस २०८२, मंगलबार | December 23, 2025

नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ भोट माग्नभन्दा कांग्रेसका नेता फकाउन व्यस्त



बारा । जनमत नै नभएको पार्टीबाट बारा-४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ यतिबेला कांग्रेसका नेता फकाउनमा व्यस्त छन् । टिकट वितरणलाई लिएर असन्तुष्टि जनाउँदै आएको कांग्रेसले सहयोग नगर्ने देखेपछि श्रेष्ठले कांग्रेसका नेता फकाउन थालेका हुन् ।

आफ्नो समेत केही प्रतिशत लगानी रहेको सिमरास्थित होटल क्लासिकमा बोलाउँदै नेता श्रेष्ठले कांग्रेसका नेता कार्यकर्तालाई फकाइरहेका छन् । कांग्रेस नेतालाई फकाउने क्रममा श्रेष्ठले तनँहु-१ कांग्रेसका वरिष्ठ नेतालाई छोडेर बारा आएको बताउने गरेका छन् । तर, उक्त क्षेत्रमा वरिष्ठ नेता पौडेलले टिकट पाउने भएपछि उनी बारा आएका हुन् । नेता पौडेलले टिकट पाउने निश्चित हुँदा श्रेष्ठ उम्मेदवार हुन पाउने थिएनन् ।

तनँहुबाट टिकट नपाउने देखेपछि बारा-४ मा रोजेका श्रेष्ठलाई अहिले आफ्नो निर्णय भारी पर्न थालेको छ । नेकपा एसको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउन सफल भएका श्रेष्ठ अहिले सबैको जनमत जुटाउन प्रयासरत छन् ।

तर, श्रेष्ठले कांग्रेसको मत भने प्राप्त गर्ने देखिँदैन् । यस क्षेत्रमा कांग्रेस बलियो र धेरै जनमत भएको पार्टी हो । बलियो जनमत हुँदाहुँदै पनि कांग्रेसले यस क्षेत्रमा टिकट प्राप्त गर्न सकेन । लगातारको निर्वाचनमा पार्टीले अवसर प्राप्त गर्न नसकेपछि यस क्षेत्रका कांग्रेस कार्यकर्ता रुष्ट छन् ।

स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नगर प्रमुख पद माओवादी केन्द्रलाई सुम्पनु परेको थियो । कांग्रेसकै मतबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल नगर प्रमुखमा निर्वाचित हुँदा कांग्रेसकी उम्मेदवार मेघा शाही पराजित भएकी थिइन् । नगर प्रमुख निर्वाचत भएको आधार देखाएर माओवादी केन्द्रले यस निर्वाचनमा प्रदेशसभा ४ (क) तर्फको टिकट समेत प्राप्त गरेको छ ।

कांग्रेसलाई भर्‍याङ मात्रै बनाउँदा पार्टीको अस्तित्व समाप्त हुने देखेपछि कांग्रेसका अगुवा नेता ईच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पार्टीका कार्यकर्ताको भावनामाथि निरन्तर प्रहार भएको भन्दै उम्मेदवारी दिएको बताउने रायमाझीले भने पार्टीमा उचित पद पाउने भएपछि चुनावी अभियानबाट पछि हटेकी छिन् । कार्यकर्ताको भावनाको कदर नभएको बताउने रायमाझीले अन्तिम समयमा पार्टीले पदिय जिम्मेवारी दिने भएपछि काठमाडाैं गएर चुनावी अभियानबाट पछि हट्ने घोषणा गरेकी हुन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्ले भने अझै चुनावी मैदानमा छन् । वाग्लेले चुनावी प्रचारलाई तीव्र पारेका छन् । आफ्नो उम्मेदवारी कांग्रेसलाई जीवन्त राख्न भएको वाग्लेको भनाइ छ । कांग्रेसको उम्मेदवार नै नभएको ठाँउमा आफ्नो उम्मेदवारी एउटा विकल्प भएको वाग्लेको भनाइ छ । वाग्लेको प्रचारमा दैनिक सयौं कांग्रेस कायकर्ता र शुभेच्छुक सक्रिय देखिन्छन् ।

यता, केन्द्रीय शक्ति प्रयोग गरेर टिकट ल्याएका श्रेष्ठ भने वाग्लेको उम्मेदवारीले तनावमा छन् । उनले उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि वाग्ले अडिग देखिएका छन् । वाग्लेले कांग्रेस कार्यकर्ताको भावनामाथि खेलबाड हुन नदिने बताइरहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : २७ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३