५ श्रावण २०८३, मंगलबार | July 21, 2026

काठमाडौंमा दूतावास दिल्लीबाट भिसा



काठमाडौं । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौँबाट भिसा जारी गर्दैनन् ।

ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन ।

कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्रराष्ट्र मुलुकको सहजताका लागि पनि काम गर्नुपर्ने हुन्छ तर असहजता आउने गरी धेरै मुलुकले भारतको दिल्लीस्थित दूतावासबाट नेपालको भिसा जारी गर्ने गरेका हुन् ।

कन्सुलर सेवा विभागका अनुसार नेपाली नागरिकको उच्च प्राथमिकतामा पर्ने प्रमुख पाँच मुलुक अस्ट्रेलिया, बेलायत, डेनमार्क, फ्रान्स र नर्वेका नेपालस्थित आवासीय दूतावासले भारतबाट भिसा जारी गर्छन् । यीबाहेक संयुक्त राज्य अमेरिका, चीन, जापान, जर्मनी, फिनल्यान्डलगायतका २० मुलुकको भने नेपालस्थित दूतावासबाटै भिसा जारी हुन्छ । अस्ट्रेलियाले पासपोर्टमा नभई कागजी भिसा जारी गर्दा केही सहज भने छ तर बेलायतलगायत केही देशले भने पासपोर्टमै भिसा जारी गर्छ ।

नेपालमा २५ वटा देशका आवासीय दूतावास छन् । युरोपेली सङ्घबाहेक १७७ मुलुकसँग नेपालको द्विपक्षीय औपचारिक सम्बन्ध छ । तीमध्ये २५ बाहेक अन्य धेरै मुलुकले गैरआवासीय दूतावासमार्फत काम गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कन्सुलर सेवा विभागका सूचना अधिकारी नारायण ज्ञवालीले पछिल्लो समय नेपाली नागरिकको उच्च प्राथमिकतामा रहेका मित्रराष्ट्र अस्टे«लियाका लागि नेपालस्थित दूतावासबाटै भिसा जारी गरिदिन अनुरोध गरिरहेको बताए । यसले नेपाली नागरिकसँगै नेपाल भ्रमणमा आउने अस्ट्रेलियाली पर्यटकका लागि पनि अवरोध सिर्जना गरेको उनी बताउछन ।

केही वर्ष अघिसम्म अस्ट्रेलियाले नेपाली नागरिकका लागि नेपालस्थित दूतावासबाटै भिसा जारी गथ्र्यो तर आफ्नो कामको एकरूपता कायम गर्न र एकीकृत प्रणालीमा सहजता ल्याउन भन्दै भिसा जारी गर्ने काम भारतको दिल्लीस्थित दूतावासमा सारेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार केहीअघि दुई देशीय परामर्श संयन्त्रको बैठकमा अस्ट्रेलियाको विदेश मन्त्रालयलाई परराष्ट्र सचिव भरतराज पौड्यालले यस विषयमा अनुरोध गरेका थिए । अस्ट्रेलिया सरकारले थप विचार गर्ने जवाफ दिएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा चाँदनी हमाले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : २२ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने