२ पुस २०८२, बुधबार | December 17, 2025

सत्तारुढ गठबन्धनको चुनावी अभियान तीव्र



काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौं २ मा गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् ।

ललितपुरस्तरीय लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार तीनवटै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री देउवाले आमजनतालाई माओवादी र एकीकृत समाजवादी भनेर विभेद नगर्न आह्वान गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘हँसिया हथौडामै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हथौडा र कलममा मत हाल्नुस्,’ उनले भने ।

देउवाले मध्यराति राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिएको बताए । उनले अहिले पनि देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयास भइरहेको भन्दै चुनावपछि पनि गठबन्धन कायमै हुने स्पष्ट पारे ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भाँड्न केही तत्व लागिपरेको भन्दै गठबन्धन अझ मजबुत हुने उल्लेख गरे । उनले गठबन्धनका साझा उम्मेदवारप्रति विश्वास र भरोसा गर्न आग्रह गरे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । उनले एमालेले गरेको गठबन्धन अप्राकृतिक र अपवित्र भएको दाबीसमेत गरे ।

भेलामा ललितपुर १, २ र ३ का गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको परिचय गराइएको थियो । ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ५५ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर