२ असार २०८३, मंगलबार | June 17, 2026

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ । बैठक निर्वाचन परिचालन समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकमा निर्वाचन परिचालन समितिको सचिवालयका सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा आ-आफ्नो क्षेत्रगत परिस्थितिबारे विस्तृत रिपोटिङ प्रस्तुत गरेका थिए । रिपोटिङ सुनेपछि संयोजक प्रचण्डले समग्र राजनीतिक अवस्था र आगामी निर्वाचनका सन्दर्भमा पार्टीको धारणा प्रस्तुत गरेका थिए ।

बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गरेको छ । साथै, निर्वाचनलाई लक्षित गर्दै नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता पालन र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा निर्णय गरिएको छ ।

निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि बैठकले प्रदेशगत जिम्मेवारीसमेत तोकेको छ । जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी, बैठकले नेता तथा कार्यकर्ताको परिचालनलाई थप व्यवस्थित बनाउने निर्णय गर्दै निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने तथा घोषणापत्रलाई सम्पादन गरी यथाशीघ्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले अग्नि साप्कोटाको नेतृत्वमा केन्द्रीय प्रचार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त समितिमा जगतनाथ खतिवाडा र गोविन्द आचार्य सदस्य रहेका छन् । केन्द्रीय प्रचार समितिले विभिन्न सरोकारवाला पक्षसँग आवश्यक परामर्श गर्दै प्रचार गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : २६ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ