८ पुस २०८२, मंगलबार | December 23, 2025

भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ : पूर्व गृहमन्त्री थापा



भैरहवा । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताएका छन । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताए । ‘भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उनले भने, ‘भोटकै लागि तक्मा अहिले बाँडिएको छ ।’

रुपन्देहीमा मात्रै पाँच दर्जन बढी तक्मा बाँडिएकाे उनले आराेप लगाए । रुपन्देही ३ मा तक्माको बाढी आएको उनले बताए । ‘म पनि गृहमन्त्री थिएँ कुनैबेला, तर यसरी तक्मा बाँडेका थिएनाैं । सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं । पार्टीलाई भोट दिने सर्तमा बाँड्दैनौं,’ उनले भने ।

क्षेत्रको विकासमा लागेका राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाएकाे र तक्माको लोभमा यहाँका जनताले भोट खेर नफाल्ने उनले बताए । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनुपर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनुपर्ने उनको भनाइ थियो ।

एमाले, राप्रपा र जसपाकाे रुपन्देही ३ को मंगलबार भैरहवामा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको हो । यस क्षेत्रबाट प्रतिद्वन्द्वीको रूपमा गठबन्धनबाट नेपाली कांग्रेसले बालकृष्ण खाणलाई उठाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : १३ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र