२ पुस २०८२, बुधबार | December 17, 2025

विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषि ठहरदेखि चीन तिब्बत युद्ध समाप्त



सद्दाम हुसेन दोषि ठहर

सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषि ठहर गरेको थियो । उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो ।

जीवनको अस्थित्व ४ अर्ब वर्ष पहिले रहेको प्रमाण

सन् २०१५ मा अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीमा जीवनको अस्तित्व ४ दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए ।

चीन तिब्बत युद्ध समाप्त

सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो । चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपमिछ चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युुद्ध सुुरु भएको थियो ।

जोनाथान स्विफ्टको मृत्यु

सन् १७४५मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो । एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४५ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ