१९ माघ २०८२, सोमबार | February 2, 2026

ओलीमाथि फेरि खनिए रावल : आफूले मनपरी अत्याचार गर्ने, अरुलाई चुप लाग भन्‍ने ?



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन्। नेता रावलले बिहीबार साँझ सामाजिक सञ्‍जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।

‘अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्‍न सुहाउँछ र रुु उनले आफूसँग आन्तरिकरुपमा नै किन छलफल नगरेको भन्दै प्रश्‍नसमेत गरेका छन्’, उनले भनेका छन् ।

प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रुपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त रु यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ – बिरालोले मुरा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी(अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्‍नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्‍ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ’, उनले भने ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : २४ बजे

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति