१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री खुशी पार्न धमाधम बाटो मर्मत



बुटवल । सत्ता गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितका गठबन्धनका नेताहरु बुटवल आउने निश्चित भएपछि कार्यक्रमस्थल आसपासका सडक धमाधम मर्मत हुन थालेका छन् ।

योगीकुटीस्थित होटल पौवामा कार्यकर्ता भेला हुने तय भएसँगै आज बिहानैबाट कार्यक्रम स्थल आसपासका क्षेत्रमा सडक मरमत थालिएको हो ।

प्रधानमन्त्री वा शक्ति केन्द्रहरुलाई खुसी पार्नमात्र कार्य सम्पादनमा तदारकता देखाउने राजतन्त्रात्मक शैलीलाई पछ्याउँदै सरकारी साधन स्रोतलाई प्रयोग गर्दै सडक मरमत थालिएको छ । ुबाटो मर्मत हुन प्रधानमन्त्री नै आउनु पर्नेरहेछ ।ु योगीकुटीका एक स्थानीय व्यवसायीले भने ।

योगीकुटी आसपासका सर्विस लेनमा परेको खाल्डाखुल्डी पुर्ने काममा तिलोत्तमा नगरपालिका र सडकका कर्मचारीहरु बिहानैदेखि खटिएका छन् । प्रधानमन्त्री र नेताहरु नआउँदा पनि सरकारी कर्मचारीहरुले काम गरिदिनुपर्ने अर्का स्थानीयबासीको माग छ ।

गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्न आज प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजमोका कार्यबाहक अध्यक्ष र लोसपाका नेताहरु बुटवल आउँदैछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज