१० चैत्र २०८२, मंगलबार | March 25, 2026

बैंकको चर्को ब्याज विरुद्ध बुटवलबाट थालियो विरोध कार्यक्रम



बुटवल । बैंकहरुको चर्को ब्याजबृद्दीका विरुद्ध देशभर नेटवर्क भएको उद्योग बाणिज्य महासंघले मौनता साँधेका बेला रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एक्लै सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ । संघले चर्को ब्याजका विरुद्ध आजबाट हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने बैंकरुले गरेको अन्धाधुन्द ब्याजदर बृद्दीका कारण उद्योग व्यवसाय थला पर्ने अवस्था आएको संघले जनाएको छ । चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसैका आधारमा बढाइएको ब्याजको विरोधमा संघका सदस्यहरुले बुटवलका हाटजबार लाईन, अमरपथ, ट्राफिकचोक, जेसिस चोक लगायत सबै क्षेत्रमा रहेका व्यवासीहरुलाई हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध गरेका हुन् ।

उद्योगी व्यवसायीहरुको जेठो संगठन बुटवल उद्योग बाणिज्य संघले भने अहिले सम्म कुने सार्वजनिक विरोध कार्यक्रम तय गर्न सकेको छैन । रुपन्देही ब्यापार संघ सहित रुपन्देहीका उद्योगी तथा व्यापारिक संस्थाहरुको सञ्जालले संयुक्त रुपमा आज शुक्रबार नै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखा मार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण एकैपटक व्याजमा गरेको बृद्धिले निकै मर्कामा परेका संघका महासचिव दयानिधि भण्डारीले बताए ।

बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ । बैंकको व्याज दर बृद्धि र त्यसमा राष्ट्र बैंकको स्वीकृतिले ब्यवसायीहरु हतोत्साहित भएका छन् । कार्तिक १ गतेबाट बेंकहरुले निक्षेपको ब्याजदरलाई यथावत राख्दै कर्जामा ब्याजदर १८ प्रतिशत सम्म पु¥याएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ४४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण