४ पुस २०८२, शुक्रबार | December 19, 2025

बैंकको चर्को ब्याज विरुद्ध बुटवलबाट थालियो विरोध कार्यक्रम



बुटवल । बैंकहरुको चर्को ब्याजबृद्दीका विरुद्ध देशभर नेटवर्क भएको उद्योग बाणिज्य महासंघले मौनता साँधेका बेला रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एक्लै सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ । संघले चर्को ब्याजका विरुद्ध आजबाट हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने बैंकरुले गरेको अन्धाधुन्द ब्याजदर बृद्दीका कारण उद्योग व्यवसाय थला पर्ने अवस्था आएको संघले जनाएको छ । चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसैका आधारमा बढाइएको ब्याजको विरोधमा संघका सदस्यहरुले बुटवलका हाटजबार लाईन, अमरपथ, ट्राफिकचोक, जेसिस चोक लगायत सबै क्षेत्रमा रहेका व्यवासीहरुलाई हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध गरेका हुन् ।

उद्योगी व्यवसायीहरुको जेठो संगठन बुटवल उद्योग बाणिज्य संघले भने अहिले सम्म कुने सार्वजनिक विरोध कार्यक्रम तय गर्न सकेको छैन । रुपन्देही ब्यापार संघ सहित रुपन्देहीका उद्योगी तथा व्यापारिक संस्थाहरुको सञ्जालले संयुक्त रुपमा आज शुक्रबार नै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखा मार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण एकैपटक व्याजमा गरेको बृद्धिले निकै मर्कामा परेका संघका महासचिव दयानिधि भण्डारीले बताए ।

बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ । बैंकको व्याज दर बृद्धि र त्यसमा राष्ट्र बैंकको स्वीकृतिले ब्यवसायीहरु हतोत्साहित भएका छन् । कार्तिक १ गतेबाट बेंकहरुले निक्षेपको ब्याजदरलाई यथावत राख्दै कर्जामा ब्याजदर १८ प्रतिशत सम्म पु¥याएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ४४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा