१९ माघ २०८२, सोमबार | February 2, 2026

सामाजिक सुरक्षा भत्ता बुझ्न घण्टौं बैंकको ढोका कुर्न बाध्य जेष्ठ नागरिक



सुर्खेत । जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन् । बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता पाउन सडकको भुइमा बसेर पालो कुर्न बाध्य भएका हुन् । तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुइमा बसेर सेवा लिन बाध्य भएको गुनासो गरेका छन् ।

भत्ता जम्मा गरिदिएको सिटिजन्स बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेका कारण सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुइँमा बसेर हैरान खेप्नु परेको छ । घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताए ।

बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्या खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए ।

सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिदै आएको म्यानेजर टार्जन अधिकारीले बताए । उनका अनुसार सुरुमै सामाजिक सुरक्षा वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी गनुभयो । एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनको भनाई छ ।

बेंकले गाँउकै जनताबाट निक्षेप र ब्याज उठाएर करोडौं कमाएपनि जेष्ठ नागरिकहरुलाई सहज र सरलढँगले रकम बुझ्ने व्यवस्था गर्न नसकेको बैंक आउका एकजना व्यवसायीले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : २५ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको