४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्वअर्थमन्त्री पौडेल भन्छन् – मुलुक ईतिहासकै डरलाग्दो आर्थिक संकटमा



बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूलुक ईतिहासकै डर लाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगि तथा व्यवसायी भेलामा बोल्दै पौडेलले नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको बताए ।

मुलुकको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउँदै उनले सरकारबाटै नीजि क्षेत्रको घाँटी निमुठ्ने काम भएको टिप्पणी पनि गरे । सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको बताउँदै उनले नागरिक चरम मूल्यवृद्धिको चपेटामा परेको बताए ।

उनले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेर दोब्बर वृद्धि भएको बताए । अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको पनि उनले बताए ।

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको टिप्पणी गरे ।

विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नुनै आर्थिक संकटको पहिलो कारण भएको उनले बताए । गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको उनले टिप्पणी गरे ।

सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उनले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गरे । कोरोना महामारीले धरासायी भएका नीजि क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गरे ।

कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य तथा रुन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले नीजि क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आश्यक रहेको औल्याए । सुरु गरेका पूर्वाधार तथा विकास निर्माणका योजनाहरु पूरा गर्नका लागि फेरी पनि ऐमाले सरकार आवश्यक रहेको बताउँदै उनले मतदानका लागि सबैलाई आह्वान गरे ।

यसैगरी रुपन्देही–२ ‘ख’ का एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले यहाँका उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि एमाले सकारात्मक भएको बताए । वर्तमान सरकारबाट नीजि क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्नु बेकार भएको बताउँदै सरकार गठनका लागि आगामी मंसिर ४ मा एमालेको बहुमत आवश्यक रहेको उल्लेख गरे ।

उद्योगी व्यवसायीहरुको तर्फबाट बोल्दै नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगमी मंसिर ४ को निर्वाचनमा आफूहरुको एमालेलाई साथ रहेको बताए । सरकारले बैंक ब्याजदरमा उच्च वृद्धि गरी आतंक मच्चाएको गुनासो गर्दै उनले गठबन्धनको नेतृत्वमा बन्ने सरकारले उद्योगी व्यवसायीलाई फाइदा गर्दैन भन्नने प्रमाणित भैसकेको उल्लेख गरे ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : २५ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा