१९ माघ २०८२, सोमबार | February 2, 2026

पूर्वअर्थमन्त्री पौडेल भन्छन् – मुलुक ईतिहासकै डरलाग्दो आर्थिक संकटमा



बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूलुक ईतिहासकै डर लाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगि तथा व्यवसायी भेलामा बोल्दै पौडेलले नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको बताए ।

मुलुकको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउँदै उनले सरकारबाटै नीजि क्षेत्रको घाँटी निमुठ्ने काम भएको टिप्पणी पनि गरे । सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको बताउँदै उनले नागरिक चरम मूल्यवृद्धिको चपेटामा परेको बताए ।

उनले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेर दोब्बर वृद्धि भएको बताए । अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको पनि उनले बताए ।

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको टिप्पणी गरे ।

विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नुनै आर्थिक संकटको पहिलो कारण भएको उनले बताए । गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको उनले टिप्पणी गरे ।

सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उनले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गरे । कोरोना महामारीले धरासायी भएका नीजि क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गरे ।

कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य तथा रुन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले नीजि क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आश्यक रहेको औल्याए । सुरु गरेका पूर्वाधार तथा विकास निर्माणका योजनाहरु पूरा गर्नका लागि फेरी पनि ऐमाले सरकार आवश्यक रहेको बताउँदै उनले मतदानका लागि सबैलाई आह्वान गरे ।

यसैगरी रुपन्देही–२ ‘ख’ का एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले यहाँका उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि एमाले सकारात्मक भएको बताए । वर्तमान सरकारबाट नीजि क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्नु बेकार भएको बताउँदै सरकार गठनका लागि आगामी मंसिर ४ मा एमालेको बहुमत आवश्यक रहेको उल्लेख गरे ।

उद्योगी व्यवसायीहरुको तर्फबाट बोल्दै नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगमी मंसिर ४ को निर्वाचनमा आफूहरुको एमालेलाई साथ रहेको बताए । सरकारले बैंक ब्याजदरमा उच्च वृद्धि गरी आतंक मच्चाएको गुनासो गर्दै उनले गठबन्धनको नेतृत्वमा बन्ने सरकारले उद्योगी व्यवसायीलाई फाइदा गर्दैन भन्नने प्रमाणित भैसकेको उल्लेख गरे ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : २५ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको