२२ माघ २०८२, बिहिबार | February 5, 2026

लमजुङमा महासचिव र उपमहासचिवबीच प्रतिस्पर्धा



लमजुङ । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव र एमालेका पृथ्वीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालको निर्वाचनमा देव, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट वाम गठबन्धनले जितेको थियो । देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री भए ।

अहिलेको अबस्था फरक छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ ।

देव योसँगै तेस्रो पटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधान सभाको निर्वाचनमा कास्की र मनाङबाट चुनाव जितेका उनी २०७४ सालमा लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका थिए ।

पृथ्वीसुब्बा अहिलेसम्म सातौँ पटक चुनाव लड्न लागेका हुन् । उनीसँग पटकपटक हारेको र दुई पटकमात्र जितेको अनुभव छ । ०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार छन् । पहिलो संविधानसभा र ७४ मा प्रदेशसभा मात्र उनले चुनाव जितेका छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । स्थानीय तहको मतपरीणाम अनुसार जिल्लामा पाँच दलीय गठबन्धन अगाडी देखिन्छ ।

लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ४२ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं