४ पुस २०८२, शुक्रबार | December 19, 2025

लमजुङमा महासचिव र उपमहासचिवबीच प्रतिस्पर्धा



लमजुङ । प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव र एमालेका पृथ्वीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालको निर्वाचनमा देव, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट वाम गठबन्धनले जितेको थियो । देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री भए ।

अहिलेको अबस्था फरक छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ ।

देव योसँगै तेस्रो पटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधान सभाको निर्वाचनमा कास्की र मनाङबाट चुनाव जितेका उनी २०७४ सालमा लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका थिए ।

पृथ्वीसुब्बा अहिलेसम्म सातौँ पटक चुनाव लड्न लागेका हुन् । उनीसँग पटकपटक हारेको र दुई पटकमात्र जितेको अनुभव छ । ०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार छन् । पहिलो संविधानसभा र ७४ मा प्रदेशसभा मात्र उनले चुनाव जितेका छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । स्थानीय तहको मतपरीणाम अनुसार जिल्लामा पाँच दलीय गठबन्धन अगाडी देखिन्छ ।

लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ४२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा