५ पुस २०८२, शनिबार | December 20, 2025

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप २ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार काठमााडौं जिल्ला अदालतले बलात्कार प्रकरणमा सन्दीपमाथि अनुसन्धान गर्न थप दुई दिनको समय दिएको हो ।

अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो। कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।

१७ वर्षीया किशोरीले लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका थिए । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्दै थिए । बलात्कारको आरोप लागेपछि क्यानले पनि सन्दीपलाई निलम्बन गरेको थियो ।

सन्दीप नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो । त्यसपछि असोज २० गते काठमाडौं आएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ३० बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा